मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सल्यानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रतियोगितामा ३ नगरपालिका र ७ गाउँपालिका गरी १० स्थानीय तहको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सल्यानमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

सोमबारदेखि बागचौर नगरपालिका थारमारेस्थित श्री जनकल्याण नमुना माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ३ नगरपालिका र ७ गाउँपालिका गरी १० स्थानीय तहको सहभागिता रहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताउनुभयो । उहाँले परम्परागत शैलीमा चलेको खेलकुद क्षेत्रलाई राजनीतिक, आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउन दरिलो इच्छाशक्तिको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाई जम्प, लङ जम्प लगायतका महिला र पुरुष गरी ४२ इभेन्टमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्क आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला, कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, प्रदेश सभा सदस्य सुरेश अधिकारी, पूर्व सभा सदस्य उमाकान्त शर्मा, जिल्ला समन्वय प्रमुख, उप प्रमुख, सल्यान सबै पालिका प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष, अन्य अतिथि लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार