मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ : प्रधानमन्त्री दाहाल

खेलकुद क्षेत्रमा छुट्ट्याइँदै आएको बजेट वृद्धि गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्ने बताउनुभएको छ । उहाँले खेलकुद क्षेत्रमा छुट्ट्याइँदै आएको बजेट वृद्धि गर्ने बताउनुभयो ।

लितपुरको च्यासल रङ्गशालाको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले पूर्वाधार तथा खेलकुद कार्यक्रमका लागि हालको बजेटलाई गुणात्मक रूपले वृद्धि गरी आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

‘पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुदलाई स्वाथ्यको लागि र राष्ट्रका लागि मात्रै हैन, अर्थतन्त्रका लागि, कूटनीतिका लागि, राजनीतिका लागि र अन्तर्राष्ट्रिय भाइचाराका लागि महत्व दिन आवश्यक ठानेर अगाडि बढेको थिएँ । दोस्रो कार्यकालमा प्रत्येक गाउँ र विद्यालयमा खेलकुदलाई संस्थागत गर्ने प्रयास गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘अहिलेको कार्यकालमा पनि खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेको छु । मैले राजनीतिबाहेक खेलकुद र कलाकारितालाई अलि बढी नै महत्व र प्राथमिकता दिने गरेको छु । मेरो रुचिको क्षेत्र पनि हो ।’

प्रधानमन्त्री दाहालले पहिलोपटक प्रधानमन्त्री भएर अगाडि बढ्दा देशैभर खेलकुद क्षेत्रलाई संस्थागत गर्ने तथा देशव्यापी बनाउने कुरामा विशेष ध्यान दिएको र दशरथ रङ्गशालालाई पुनःनिर्माण गर्ने क्रममा चीन सरकारसँग कुरा गरेर विशेष योगदान गरेको स्मरण गर्नुभयो । उहाँले आफूले राजनीतिक जीवनको महत्वपूर्ण समय च्यासलमा बिताएको उल्लेख गर्दै च्यासल रङ्गशाला समुद्घाटन गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले च्यासल रङ्गशाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने व्यवस्थित रङ्गशाला भएको बताउनुभयो । उहाँले यो काठमाडौँ उपत्यकामा दशरथ रङ्गशालाको वैकल्पिक भएको उल्लेख गर्नुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले दाहाल नेतृत्वको सरकारले देशमा खेलकुदको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गरेको जिकिर गर्दै आगामी वर्षको बजेटमा खेलकुदमा पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

विसं २०७४ असार २२ गते निर्माण थालिएको उक्त रङ्गशाला २०७९ असोज २९ गते निर्माण सम्पन्न भएको राखेप सदस्य सचिव घिसिङले जानकारी दिनुभयो । परिषद्सँगको सम्झौताअनुसार डाँफे प्रेरणा प्रतिष्ठान जेभी कम्पनीले भ्याटबाहेक रु २८ करोड १६ हजारको लागतमा रङ्गशाला निर्माण सम्पन्न गरेको हो । तीनवटा प्यारापिट भएको सो रङ्गशाला छ हजार दुई सय जनासम्म अट्ने क्षमताको रहेको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार