श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

उपत्यकामा राहतका लागि फारम भर्नेको भिड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लक डाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् । घरभन्दा टाढा रहेका, दैनिक ज्याजामजदुरी गर्नेहरुलाई स्थानीय तहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ ।

देशभरीका स्थानीय स्थानीय तहहरुले राहत वितरण थालेका हुन् । अहिले उपत्यकामा पनि काठमाडौं महानगरपालिकाले राहत वितरण थालेको छ । महानगरका वडा कार्यालयहरुमा राहत लिने र लिन फारम भर्नेहरुको ठूलो भिड लागेको छ ।

अध्ययनका लागि आएका विद्यार्थी, मजदुरहरुलगायत राहत लिनका लागि फारम भर्न लामो लाइनमा बसेका छन् । वडा कार्यालयले भिड व्यवस्थापन भने गर्न सकेका छैनन् । विशेषगरी अहिलेको समयमा सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि राहतका लागि फारम भर्न लाइनमा बसेकाहरुले त्यसको पालना नगरेको पाइएको छ ।

बिहीबार महानगरपालिकाको वडा नम्बर ३० मा पनि राहत लिन फारम भर्नेहरुको त्यस्तै भिड देखिन्थ्यो । काखमा बच्चा बोकेका महिला देखि डेरा गरी बस्ने विद्यार्थी र अन्य नागरिकहरु राहतका लागि फारम भर्न लामो लाइनमा बसेका छन् ।

लक डाउन जारी भएको केही दिनपछिबाट नै महानगरपालिकाले राहत वितरण थालेपनि सहज तरिकाले राहत पाउन नसकिएको गुनासो सर्वसाधारणहरुले गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया