मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकालाई

१० स्वर्ण, १५ रजत २ कास्य पदक गरी २७ पदक छत्रेश्वरी गाउँपालिकाको पोल्टामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ कास्य पदक गरी २७ पदक  हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड उचालेको हो ।

त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ ।  ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

यस्तै, बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ कास्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० कास्य, त्रिवेणी गाउँपालिकाले ४ कास्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ कास्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ कास्य, र कालीमाटी गाउँपालिकाले १ रजत र १ कास्य हात पार्न सफल भएका छन् ।

फागुन १५ देखि १८ गतेसम्म सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सल आर्टका खेलहरूमा जिल्लाका १० वटा पालिकाका खेलाडीहरूले सहभागिता जनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार