चैत्र १९, २०७९ आइतबार April 2, 2023

ए डिभिजन लिगमा आज तीन खेल हुदैँ

साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।

अखिल नेपाल पफुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।

जसअनुसार दिउँसो साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मन्च्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग भिडने छ । यो खेल भने ५ः ३० मा सुरु हुनेछ ।

उता, अपरान्ह साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया