श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

वडाध्यक्षको हत्या प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । कपिलवस्तुमा एक स्थानीय तहका वडाध्यक्षको हत्या प्रयास भएको छ।

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि शुक्रबार बिहान १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ।

आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि अज्ञात व्यक्तिले चार राउण्ड गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन।

दुई जना अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेपनि उनलाई गोली नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया