बैसाख १७, २०८३ बिहिबार April 30, 2026

जेलमा झडप हुँदा ४० जना कैदीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भेनेजुयलाको एक जेलमा झडप हुँदा कम्तिमा ४० जना कैदीको मृत्यु भएको छ । जेल अधिकारीका अनुसार भेनेजुयलाको पश्चिमी शहर गुआनारी नजिकै रहेको लास लानोज जेलका कैदीहरु खाना–पानीको कमीका कारण आक्रोशित थिए ।

घटनाको छानबिनका लागि त्यहाँको सरकारले आदेश दिएको छ । सरकारी अधिकारीहरुले कैदीहरुले जेल तोडेर भाग्ने योजनाकाबिच हिंसात्मक झपड भएको दाबी गरेका छन्।

हिंसामा कतिपय जेलकर्मी समेत घाइते भएका बताइएको छ । भेनेजुयलाका जेलमन्त्री इरिस वरेलाले एक पत्रिकासँग जेलमा भएको हिंसाको बारेमा कुरा गरेका छन् तर उनले ज्यान गुमाउनेहरुको संख्या बताएनन् ।

उनले पनि यो घटनालाई जेल ब्रेकसँग जोडेका छन् । द अब्जर्वेटरी नामको संस्थाले ४६ कैदीको मृत्यु भएको र घाइते भएका केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया