भाद्र २७, २०८३ शनिबार September 12, 2026

शुक्ला-दोधारा चादँनी साइकल प्रतियोगिताको उपाधि भुवन विष्टलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जित्नुभएको छ ।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै विष्टले उपाधि जित्नुभएको हो । उहाँ गत वर्ष आयोजित प्रतियोगिताको पहिलो संस्करणको समेत उपाधि विजेता हुनुहुन्छ । उपाधि विजेता विष्टलाई नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले साइकल, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।

‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ यहाँका पर्यटीय क्षेत्रको प्रर्वद्धन र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा रणबम गण डडेल्धुराका सिपाही लालबहादुर गुरुङ दोस्रो तथा सोही गणका गणपति प्रमुख सेनानी वालमुकुन्द थापा तृतीय हुनुभयो । गुरुङले निर्धारित दूरी एक घण्टा ४० मिनेट तथा थापाले एक घण्टा ४५ मिनेटमा पूरा गरेको सेनाले जनाएको छ ।

त्यसैगरी प्रतियोगितामा रणबम गणकै सिपाही मदन विक चौथो र गुरुगोरख गुल्मका सागर चौधरी पाँचौ हुनुभयो । प्रथम, द्धितीय र तृतीयलाई साइकलसहित पुरस्कृत गरिएको छ । प्रतियोगिता समापन समारोहमा सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको दोस्रो संस्करणले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुगेको बताउनुभयो । प्रतियोगिताले यहाँका धार्मिक तथा अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यको राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

“पर्यटन प्रवद्र्धन मात्रै नभइ प्रतियोगिताले युवा जनशक्तिमा स्वास्थ्य जागरणका साथै खेलाडी उत्पादनमा योगदान पुग्नेमा विश्वस्त छौँ”, उपरथी थापाले भन्नुभयो–“अझै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सबैको सहकार्य आवश्यक छ ।”

यहाँस्थित रुद्रध्वज गण मझगाउँ व्यारेकमा भएको समापन समारोहमा उपरथी थापाका साथै भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकाल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो । साइकल प्रतियोगितामा कञ्चनपुर, डडेल्धुरा, कैलालीलगायतबाट ७० जना सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार