श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

धनगढीबाट पेस्तोलसहित तीनजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कैलालीको धनगढीबाट पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको क्षेत्रीय अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले धनगढी–७ को जाखोरताल क्षेत्रबाट एक थान पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु भनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँर रहेका छन् ।

विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया