श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मलावी र मोजाम्बिकमा चक्रवात फ्रेडीबाट २१० को मृत्यु

मलावीमा पाँच सय ८४ जना घाइते ३७ जना बेपत्ता, मोजाम्बिकमा २४ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन् ।

चक्रवातबाट जोगिएकाहरू प्रभावित क्षेत्रमा आफ्ना प्रियजनको खोजीमा लागेका छन् । मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थातिप भएका रेडियो मोजाम्बिकले जनाएको छ ।

Hundreds dead as Cyclone Freddy wrecks Malawi and Mozambique - NZ Herald

मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ । आज साँझदेखि अवस्था सामान्य हुने अपेक्षा उक्त मन्त्रालयले गरेको छ ।

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । मङ्गलबार अपराह्नसम्म यहाँमात्र एक सय ५८ जनाको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन् ।

राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । देशभर करिब ६० हजार प्रभावित भएका छन्भने १९ हजारभन्दा बढी विस्थापित भएका छन् ।

Cyclone Freddy kills at least 99 in Malawi | CNN

विस्थापित भएकाहरूले गिर्जाघर र विद्यालयमा आश्रय लिएका छन् । प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका प्रभावित भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार