मंग्सिर २, २०८३ बुधबार November 18, 2026

जङ्गली च्याउ खाँदा १९ जना बिरामी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । जंगली बिषालु च्याउ खाएर चितवनमा १२ जना र नवलपुरमा सात जना बिरामी परेका छन भने दुई जना सिकिस्त बिरामी भएका छन ।

बिषालु च्याउ खाँदा कालिका–३, पदमपुरका सात जना र भरतपुर–२९, जुगेडीका ५ जना बिरामी परेका हुन ।

पदमपुरका ३४ बर्षिय शिव चौधरी, २७ बर्षिय समिक्षा चौधरी, २४ बर्षिय अनिता चौधरी, २५ बर्षिय निरजकुमारी चौधरी, ४० बर्षिय सीतावती देवी, ४५ बर्षिय लखन चौधरी र २७ बर्षिय पुजा चौधरी रहेका छन। उनीहरुको अहिले भरतपुर सामुदायिक हस्पिटलमा उपचार भइरहेको छ ।

बिरामी मध्ये २४ बर्षिय अनिता चौधरीको अबस्था गम्भीर रहेको अस्पतालका वरिष्ठ फिजिसियन डा.महेन्द्र अग्रहरीले जानकारी दिएका छन ।

उनीहरूले अस्ति नजिकैको जङ्गलबाट च्याउ ल्याइ खाएका थिए । सो च्याउ खाएका उनीहरू हिजो उपचारका लागि अस्पताल पुगेका थिए ।

त्यस्तै भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामीको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उनको २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् ।

उनीहरुले पनि घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएका थिए ।

च्याउ खाएसँगै बिरामी परेपछि उनीहरुलाई पनि हिजो बिहान भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बिरामी मध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।

उता पूर्वी नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा पनि शनिबार राति जंगली च्याउ खाँदा सात जना बिरामी परेका थिए ।

उनीहरु मध्ये तीन जनाको मध्यबिन्दु अस्पतालमा उपचार भएको र चार जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गरि हिजो घर फर्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा
२०८३ मंग्सिर २, बुधबार
सुनको मूल्य तोलामै ६ हजार ३ सयले घट्यो
२०८३ मंग्सिर २, बुधबार
एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो ?
२०८३ मंग्सिर २, बुधबार
विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
२०८३ मंग्सिर २, बुधबार
आइजिपी पुनर्बहालीको माग गर्दै कार्कीको रिट, न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ हुँदै
२०८३ मंग्सिर २, बुधबार
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
२०८३ मंग्सिर २, बुधबार