असार १२, २०८३ शुक्रबार June 26, 2026

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सामुदायिक विद्यालयका लागि लिइने शिक्षक परिक्षाको लागि शिक्षक सेवा आयोगले यसपटकबाट नयाँ नियम लागू गरेको छ । आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षादिन नपाइने व्यवस्था गरेको छ ।

परिक्षालाई मर्यादित र अझ व्यवस्थित बनाउने भन्दै आयोगलेफारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगकाउपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो । यसबाट परिक्षार्थी भने मर्कामा परेका छन्।

परिक्षा दिनका लागि अन्यत्र जानुपर्ने अवस्था उत्पन्न भएको छ । परीक्षा सञ्चालन गर्नुभन्दा अगाडिकेन्द्राध्यक्षलाई अभिमुखीकरण तालीम दिने तयारी समेत गरेको छ ।

असोज ११ गते मावि, १२ गतेप्रावि र १३ गते निमावि तहको परीक्षा यसअघि नै निर्धारण गरिएको थियो । जसका लागि परिक्षाकेन्द्र समेत निर्धारण गरिसकेको छ ।

तीनै तहको परीक्षाको लागि करीब दुईसय २५ परीक्षा केन्द्र तोकिने भएको छ । उपसचिव आचार्यले दुईसय २५ परीक्षार्थी बराबर एक परीक्षा केन्द्र हुने बताउनुभयो ।

एउटापरीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने आयोगले जनाएको छ । परीक्षामा २० परीक्षार्थी बरावर एक निरीक्षकको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

आयोगले अबको एक हप्ता सबै परीक्षा हुने जिल्लामा उत्तरपुस्तिका पठाइसक्ने छ । कूल १२ हजार ७ सय ५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् । सबभन्दा बढी प्राविमा एक लाख ५८ हजार,निमावीमा ८१ हजार र माविमा ३८ हजार परीक्षार्थी रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार