श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकाविरुद्ध लड्न आठ लाख युवा तयार भएको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आफूमाथि आक्रमणको पूर्वाभ्यासका रूपमा हेर्ने र जवाफमा क्षेप्यास्त्र प्रक्षेपण र चेतावनीको भाषा प्रयोग गर्ने गर्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उत्तर कोरियाको सरकारी अखबार रोडोङ सिनमुमले देशका आठ लाखभन्दा बढी युवा ‘अमेरिकी साम्राज्यवाद’विरुद्ध लड्न स्वेच्छिक रूपमा सैन्य सेवामा भर्ती भएको उल्लेख गरेको छ ।

दक्षिण कोरिया र अमेरिकाको भड्काउ संयुक्त सैन्य अभ्यासको जवाफमा उत्तर कोरियाका लाखौँ नागरिक सैन्य सेवामा स्वेच्छिक आबद्ध हुन आएको उत्तर कोरियाका सञ्चारमाध्यमले दाबी गरेका छन् ।

‘युवा स्वयंसेवक हाम्रो साम्यवादी मुलुकलाई मेटाउन अन्तिम प्रयास गरिरहेका युद्ध उन्मादीहरूलाई निर्दयतापूर्वक सफाया गर्न कटिबद्ध छन्,’ रोडोङ सिनमुमले लेखेको छ । ‘शुक्रबार मात्रै देशभरका आठ लाखभन्दा बढी युवा लिगका सदस्य तथा विद्यार्थीले कोरियाली जनसेनामा सामेल हुन र आवश्यक परेको सेवा दिन स्वेच्छाले भाग लिएका छन्,’ उत्तर कोरियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्योङयाङको अखबार रोडोङ सिनमुमले सार्वजनिक गरेको तस्बिरमा उत्तर कोरियाली युवाहरू निर्माणस्थलजस्तो देखिने ठाउँमा आफ्नो नाम हस्ताक्षर गर्न लामो लाइनमा कुरेर बसेको देखिन्छ ।

उत्तर कोरियाका सैनिक - युगखबर

उत्तर कोरियाले आइतबार पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । यो एक साताको अवधिमा प्योङयाङले गरेको चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र अमेरिकाको जारी पाँच वर्षयताकै ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिरहेको ठानिएको छ ।

उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आफूमाथि आक्रमणको पूर्वाभ्यासका रूपमा हेर्ने र जवाफमा क्षेप्यास्त्र प्रक्षेपण र चेतावनीको भाषा प्रयोग गर्ने गर्छ । कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए)ले उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै जारी सैन्य अभ्यासलाई ‘आणविक युद्ध भड्काउने’ साम्राज्यवादी प्रयासका रूपमा व्याख्या गरेको छ ।

प्योङयाङले बिहीबार मात्रै आफ्नो सबैभन्दा ठूलो र शक्तिशाली क्षेप्यास्त्र ह्वासोङ –१७ को परीक्षण गरेको थियो । उत्तर कोरिया सिर्जित सैन्य खतराको सामना कसरी गर्ने भन्ने विषयमा दक्षिण कोरियाका राष्ट्रपति जापानी प्रधानमन्त्रीसँग शिखर वार्ताका लागि टोकियो प्रस्थान गर्नुभन्दा केही घन्टाअघि पारेर उसले ह्वासोङ आइसिबिएमको प्रक्षेपण गरेको थियो ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा यो प्रक्षेपण गरिएको सिनमुमले जनाएको थियो । उसले अभ्यास संयुक्त अभ्यासलाई ‘अक्षम्य रातो रेखानजिक पुगेको’ भन्दै चेतावनीको भाषा प्रयोग गरेको छ ।

पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमित रूपमा शक्तिशाली हतियार परीक्षणको शृंखलालाई जारी राखेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार