श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु

प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित दश जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ पिटिआईलक्षित आक्रमणमा एक जना स्थानीय नेतासहित १० जना मारिएका छन् ।

कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । द्रुतगतिमा रहेको कारमा गोली प्रहार हुँदा इन्धन ट्याङ्कीमा लागेको र तत्काल कारमा आगो सल्किएको सामाजिक सञ्जालमा ‘पोष्ट’ गरिएका भिडियोमा देखिन्छ । कार पूर्णरूपमा जलेको छ ।

दुई जना घाइतेलाई उद्धार गरी अस्पताल पु¥याइएको छ । नेता खानको शव परीक्षणका लागि एबोटाबाद जिल्ला सदरमुकाम अस्पतालमा राखिएको छ ।

आक्रमणमा मारिएका खानले एबोटाबादको हवेलियन तहसिलबाट स्वतन्त्र उम्मेद्वारको रूपमा सन् २०२२ मा खैबर पख्तुनख्वा स्थानीय निकायको चुनाव जितेका थिए । केही समयपछि उनी पिटिआईमा आबद्ध भएका हुन् । उनका बुबा मुन्सिफ खान जादुन केपी विधानसभाका पूर्वसदस्य र प्रान्तीय मन्त्री भएका थिए । उनको पनि सन् १९९० को दशकमा हत्या भएको थियो ।

यसैबीच, पाकिस्तानको सैन्य सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स आइएसपीआरका ब्रिगेडियर मुस्तफा कमल बर्की दक्षिण बजिरिस्तानमा आतङ्कवादीसँग भएको भिडन्तमा मारिएका दैनिक अखबार डनले जनाएको छ । झडपमा सात जना सैनिक घाइते भएका छन् । –रासस /एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार