असार २४, २०८२ मंगलबार July 8, 2025

पानी जहाज कार्यालयले डेढ करोडको गाडी खरिद गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ ।
कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराकरको चार पांग्रे एसयूभी गाडी किन्न लागेको हो ।

सरकारले अहिले कोभिडविरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै विभिन्न शीर्षकमा बजेटमार्फत विनियोजन भएका खर्चहरु गर्न रोक लगाएको छ । अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकहरुमा खर्च प्रतिवन्ध लगाएको छ ।

चैत २० अघि दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेका बाहेकका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने गरी अब बजेटमा खर्च गर्न नदिने निर्णय गरेको छ । यो गाडी किन्ने बोलपत्र भने फागुनमै प्रकाशित भएको थियो ।

सरकारले कोरोना संक्रमणको कारण हाल उत्पन्न परिस्थिति र भविष्यमा पर्नसक्ने संकटलाई मध्यनजर गरेर विभिन्न शीर्षकको खर्च रोक्का गर्ने निर्णय गरेको छ ।

अर्थले सेवा तथा परामर्श खर्च, कर्मचारीको तालिम खर्च लगायतका विभिन्न बजेटहरु रोक्का गरेको जानकारी दिएको छ । खर्च कटौती र आथिर्क मितव्ययितालाई ध्यानमा राखेर अत्यावश्यक खर्च मात्रै गर्ने गरी स्वीकृत कार्यक्रम पनि रोक्का गरेको छ ।

सीप विकास, जनचेतना तथा गोष्ठीको खर्च पनि रोक्का भएको छ । विविध कार्यक्रम खर्च, अतिआवश्यक बाहेकको अनुगमन तथा मूल्यांकन खर्च, भैरपरी आउने चालु खर्च गर्न पनि रोक लागेको छ ।

त्यसैगरी कुनै पनि निकायले चालु आर्थिक वर्षमा वर्ष नयाँ सवारीसाधन र जग्गा पनि किन्न पाउने छैनन् । मेसिनरी र औजारहरु किन्न समेत रोक लगाइएको छ । फर्निचर तथा फिक्चर्स सम्बन्धी खर्च पनि रोकिएको छ ।

कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च, बौद्धिक सम्पत्ति प्राप्ती खर्च, पुँजीगत अनुसन्धान तथा परमार्श खर्च र भैपरी आउने पुँजीगत खर्च पनि रोकिएको छ ।

यी शीर्षकहरुमा हुने खर्चमा अर्थ मन्त्रालयले थप निकासा नदिइने स्पष्ट गरेको छ । महालेखा नियन्त्रकको कार्यालयलाई रोक लगाइएका खर्चमा निकास नदिन निर्देशन पनि दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार