काठमाण्डौः अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा शक्तिशाली टोर्नाडो आँधीका कारण आइतबारसम्म २६ जनाको मृत्यु भइसकेको छ ।
टोर्नाडोका कारण सयौँ मानिसहरू विस्थापित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आज आइतबार पनि अलबामा र जर्जियाका कैयौँ क्षेत्रमा आँधीको असर देखिने पूर्वानुमान गरिएको छ ।
मिसिसिपीका गभर्नर टेट रिभ्सले टोर्नाडोको विध्वंशपछि राज्यमा आपतकालीन अवस्थाको घोषणा गर्ने बताएका छन् । यो आँधीले कैयौँ ग्रामीण क्षेत्रलाई बर्बाद गरिदिएको छ ।
रोलिङ फोर्क क्षेत्र त लगभग पुरै ध्वस्त भएको बीबीसीले जनाएको छ । सो क्षेत्रमा दुई हजार मानिस बसोबास गर्दथे । त्यहाँका सयभन्दा बढी घरलाई टोर्नाडोले उडाएर लगेको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया