काठमाडौं । रोल्पामा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुंग्री गाउँपालिका-२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् ।
बिहान करिब ८:३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना स्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले अनलाइनखबरलाई जानकारी दिए । विक र पुन दुवै छिमेकी हुन् ।
प्रहरीका अनुसार चट्याङ लागेर विकको बाख्राको एउटा पाठो समेत मरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया