बैसाख १७, २०८३ बिहिबार April 30, 2026

चीनले कोरोना भाइरसको उत्पतिबारेको अनुसन्धानमा सहयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पतिबारे हुने अनुसन्धानमा सहयोग गर्ने बताएको छ । कोरोना भाइरसको उत्पतिबारे विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सहयोग गर्ने चीनले बताएको हो ।

तर उक्त अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने चीनको भनाई छ । अमेरिकाले कोरोना भाइरसबारे चीनले पारदर्शिता नदेखाएको आरोप लगाउँदै आएको छ । कोरोना संक्रमणलाई रोक्न नसकेको भन्दै अमेरिका चीनप्रति क्रुद्ध पनि छ ।

तर चीनले यी सबै आरोपहरु खारेज गर्दै आएको छ । चीनले यस्तो पनि दाबी गरेको थियो कि कोरोना भाइरसको उत्पति चीनभन्दा बाहिर नै भएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिका एक झुटलाई लुकाउन हजार झुट बोलिरहेको आरोप लगाएका थिए ।

गत वर्षको डिसेम्बर महिनामा चीनको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यसबारे थप आधिकारिकता खोज्न विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न लागेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया