बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा कोरोनाबाट एकैदिन १०३ जनाको मृत्यु, नयाँ संक्रमित ३३९०

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया