श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

प्रहरी र स्थानीयबिच झडप, तीन प्रहरी घाइते, चारजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार राति ९ः३० बजे हवाईफायर गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा१झ ७४६५ नंको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन । सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ ।

प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् । झडपको क्रममा तीन प्रहरीसमेत घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ । यादवको अवस्था मध्यम भएपनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया