बैसाख १७, २०८३ बिहिबार April 30, 2026

अमेरिकी उपराष्ट्रपतिका प्रेस सेक्रेटरी कोरोनाभाइरसबाट सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ। अमेरिकी उपराष्ट्रपति माइक पेन्सका शीर्ष सहयोगीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । उपराष्ट्रपति पेन्सका प्रेस सेक्रेटरी कैटी मिलरमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको हो ।्

उपराष्ट्रपतिको प्रेस सेक्रेटरीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई दैनिक रुपमा कोरोनाभाइरसको परीक्षण सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरु दुबैजनालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिएको व्हाइट हाउसले जनाएको छ । अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हालसम्म ७६ हजारको मृत्यु भइसकेको छ ।
बीबीसीले नाम उल्लेख नगरी एकजना अमेरिकी आधिकारीलार्ई उद्धृत गर्दै संक्रमित अधिकारीले हालै उपराष्ट्रपति पेन्सका प्रेस सेक्रेटरीसँग भेटघाट गरेको उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया