श्रावण १२, २०८१ शनिबार July 27, 2024

नुवाकोट कांग्रेसद्वारा केसी र भट्ट सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्न सफल भएका नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीलाई नेपाली कांग्रेस नुवाकोटले सम्मान गरेको छ । राजधानीको माछापोखरीस्थित नाजार्जुन पार्टी प्यालेसमा शनिबार आयोजित तीज विशेष कार्यक्रममा केसीलाई सम्मान गरिएको थियो ।

उहालाई नेपाली कांग्रेसका नेताहरु डा. रामशरण महत र अर्जुननरसिंह केसीले खादा ओढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । कांग्रेसले केसीले विश्वकै लामो मन्तव्य दिएर विश्वमा नाम लेखाउन सफल होनहार व्यक्तित्व भएको भन्दै केसीलाई सम्मानित गरेको जनाएको छ ।

कार्यक्रममा नेताद्वय केसी र महतले केसीको यो सफलता राष्ट्रको सम्पत्ति भएको भन्दै केसीलाई राष्ट्रले नै सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति लक्ष्मण थापा,महासमिति सदस्य डा केदारनरसिंह केसी,रमेश महत, जिल्ला सचिव सुरेन्द्रराज अधिकारी शिव दाहाल लगायतले मन्तव्य राखेका थिए ।

कांग्रेसले राजधानीमा रहेका पार्टी समर्थिक महिलाहरुका लागि भन्दै तीज कार्यक्रमको आयोजना गरेको थियो । केसीले पहिलो पटक उनले ८० घण्टा भन्दा बढि समय मन्तव्य दिएर पनि वल्ड रकेर्ड कायम सगारन सकेका थिएनन् । यो पटक भने केसीले केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोड्न सफल भएका छन् ।

भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका केसीले बिहीबार मध्यरातसम्म ९० घण्टा २ मिनेट वक्तव्य दिएर सो किर्तिमान कायम गर्न सफल भएका हुन । न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा लगातार ९१ घण्टा मन्तव्य दिएका थिए ।

निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राख्न सफ केसीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरेका थिए । नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी आध्यामिक साधकको रुपमा समेत परिचित रहेका छन् ।

स्वामी विवेकानद्यसँग अत्यन्तै निकट रहेर काम गरेका केसी पछिल्लो समय सफल यो साधकका रुमा पनि परिचित हु्नुहुन्छ । यस्तै कांग्रेसले खेलकुद क्षेत्रमा उलेख्य योगदान गर्न सफल भएको भन्दै बासु भट्टलाई पनि सम्मान गरेको थियो । उहालाई डा महत र केसीले सम्मान गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार