भाद्र २, २०८३ मंगलबार August 18, 2026

पुनको हत्यालाई कारबाही गर्न कांग्रेसको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाडौं । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याप्रति नेपाली कांग्रेसले भत्र्सना गरेको छ । आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गन समेत माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजीकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ । काँग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

यस्तै नेपाल तरुण दलले पनि आफ्नो दलका रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ । दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले एक विज्ञप्ति जारी गरी आइतबार दिउँसो सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पुनमाथि गोली हानिएको भन्दै दुःख व्यक्त गरेको छ । हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ ।

हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । उता हत्याको विरोधमा रोल्पा जिल्ला बन्द गरिएको छ । तरुण दलको आह्वानमा भएको बन्दका कारण त्यहाको जनजीवन पूर्णरुपमा प्रभावित भएको प्राप्त समाचारमा जनाइएको छ ।

पूर्व वाइसिएल निकट देव बहादुर घर्तीले रेष्टुरेन्टमा सामान्‍य विवाद हुने क्रममा उनको गोली हानी हत्या गरेका हुन।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घर्तीलाई अहिले प्रहरी नियनन्त्रमा लिइएको छ। पुन २९ वर्षका थिए।३० वर्षीय घर्तीले रोल्पा सुली चौरस्थित इलाका प्रहरी कार्यालको सय मिटर दूरीमै पुनको गोली हानी हत्‍या गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार