बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ सय ६ पुग्यो, ६७ हजार १५२ जना संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पछिल्ला दिनमा तीव्र रुपमा फैलिरहेको छ । सोमबार एकै दिन थप चार हजार २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म भारतमा कोभिड–१९ बाट २२ सय ६ जनाको ज्यान गएको छ । कुल संक्रमितको संख्या ६७ हजार १५२ रहेकोमा हालसम्म झण्डै २१ हजार मानिस संक्रमण मुक्त भएर घर फर्किएका छन् । अहिले ४४ हजार भन्दा बढी डाक्टरको निगरानीमा छन् ।

यसैबिच भारतमा मंगलबारदेखि रेल सेवा सुरु हुँदैछ । भारतीय रेलवेका अनुसार मंगलबार १५ वटा रेलले सेवा दिँदै छन् । यसको टिकट सोमबार नै वितरण भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया