असोज २१, २०८३ बुधबार October 7, 2026

आउँदो जुन महिनामा गुगलले ‘पिक्सेल फोल्ड’ सार्वजनिक गर्ने

अढाई लाख मूल्य पर्ने फोल्डेबल फोन ल्याउँदै गुगल, कस्ता होलान् फिचर ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गुगलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने भएको छ । सामसङले फोल्डेबल फोनको बजार लिइरहेको बेला आउँदो जुन महिनामा गुगलले ‘पिक्सेल फोल्ड’ सार्वजनिक गर्न लागेकाे हो ।

आगामी मे १० मा हुने ‘गुगल आई/ओ’का दिन फोनबारे थप जानकारी दिने गुगलले बताएको छ । ‍तर अहिले नै उक्त पिक्सेल फोल्ड फोनका धेरै जानकारी बाहिरिन थालेका छन् ।

This is how much Samsung's most powerful foldable phones--Galaxy Z Fold 3,  Z Flip 3-- will cost in India - Times of India

७२ घण्टासम्म टिक्ने ब्याट्री प्रयोग हुने बताइएको फोनमा ५.८ इन्चको बाहिरी ओलेड डिस्प्ले र ७.६ इन्चको भित्री डिस्प्ले हुनेछ । त्यस्तै फोनमा पिक्सेल सेभेन र सेभेन प्रोमा प्रयोग गरिएको गुगलको आफ्नै टेनसर जी टू चिपसेट प्रयोग हुनेछ भने रिफ्रेस रेट १२० हर्जसम्मकाे हुने चर्चा छ ।

त्यस्तै कालो र सेतो गरी दुई रङमा फाेन उपलब्ध हुनेछ । पानी प्रतिरोधी हुने बताइएको ‘पिक्सेल फाेल्ड’ एन्ड्रोइड १३ मा आधारित हुनेछ भने १२ जीबी र्‍याममा उपलब्ध हुनेछ ।

२५६ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १८०० डलर (करिब दुई लाख ३६ लाख रुपैयाँ) र ५१२ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १९२० डलर (करिब दुई लाख ५१ हजार रुपैयाँ) हुने अनुमान छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया