भाद्र २, २०८३ मंगलबार August 18, 2026

भिभो भी सिरिजका दुई नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक

‘भी २७ फाइभजी’ र ‘भी २७ ई’ स्मार्टफोन सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा भिभो भी सिरिज अन्तर्गतका दुई नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले भी सिरिज अन्तर्गतको ‘भी २७ फाइभजी’ र ‘भी २७ ई’ स्मार्टफोन सार्वजनिक गर्दै यसका लागि प्रिबुकिङ पनि खुलाएको हो ।

ग्राहकले ३,००० रुपैयाँ तिरेर वैशाख २५ देखि ३१ गतेसम्म यी फोनको प्रि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । भी २७ फाइभजीको प्रि-बुकिङमा भिभो टीडब्लुएस एयर र भी २७ ई को प्रि बुकिङमा नोइज लर फिट ग्राण्ड स्मार्टवाच सित्तैमा पाउन सकिनेछ ।

कम्पनीका अनुसार यी दुवै फोन ५० प्रतिशत चार्ज हुन १९ मिनेट लाग्छ । यी दुवै स्मार्टफोनमा ४६०० एमएएच ब्याट्री सहित ६६ वाटको फ्ल्यास चार्जको सुविधा दिइएको छ । दुवै फोनको ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्ट जेठ १ बाट देशभरका सबै रिटेल स्टोर र ई-कर्मस प्लेटफर्ममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

भी २७ फाइभजी

यो फोन भिभोको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्क्रिन भएको फोन हो । यसमा पोर्ट्रेट फोटोग्राफीका लागि औरा लाइट पोर्ट्रेट फिचर उपलब्ध गराइएको छ जसले प्रयोगकर्ताको फोटोग्राफी अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीको भनाइ छ ।

यसमा ५० मेगापिक्सेलको अल्ट्रासेन्सिङ मूख्य क्यामेरा र ५० मेगापिक्सेलको अटोफोकस सेल्फी क्यामेरा दिइएको छ । यी दुवै क्यामेरामा सोनी आईएमएक्स ७६६ भी सेन्सर रहेको छ ।  यसले गर्दा रातको समयमा पनि राम्रो फोटो खिच्न सकिने कम्पनीले बताएको छ ।

यसमा ४ एनएमको मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ । यो फोन म्याजिक ब्लू र नोबेल ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ५८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भी २७ ई

यो फोनमा १२० हर्जको एमोलेड डिस्प्ले उपलब्ध छ । मिडियाटेक हेलियो जी ९९ प्रोसेसर भएको यो फोनमा ओआईएस अल्ट्रा सेन्सिङको ६४ मेगापिक्सेलको मूख्य क्यामेरा छ । त्यस्तै ३२ मेगापिक्सेलको एचडी सेल्फी क्यामेरा रहेको छ । यो फोन ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार