असोज २१, २०८३ बुधबार October 7, 2026

एप्पलको आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ठूला डिस्प्लेहरू राखिने

आईफोन १६ सिरिजका प्रिमियम मोडलहरू ठूला डिस्प्लेका साथ आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एप्पलले यस वर्षको अन्तमा आईफोन १५ लाईनअप लन्च गर्दैछ। तर आईफोन १५ लाईनअप लन्च हुनु अघि नै अर्को वर्षको आईफोन १६ सिरिजको बारेमा रिपोर्टहरू अनलाइनमा देखा पर्न थालेका छन्।

पछिल्लो विकासमा, डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्सका विश्लेषक रोस योङ्गले आईफोन १६ सिरिजका प्रिमियम मोडलहरू ठूला डिस्प्लेका साथ आउने खुलासा गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

एप्पल आइफोन १६ प्रोमा ६.३ इन्चको डिस्प्ले प्यानल रहने छ भने आइफोन १६ प्रो म्याक्समा अझ ठूलो ६.९ इन्चको स्क्रिन रहने रोस योङ्गको भनाइ रहेको छ। साथै स्क्रिन आकारहरू हाल राउन्डेड (गोलाकार) भएको भनी योङ्गले नोट गरेका र दुई दशमलवको वास्तविक आकार यस महिनापछि प्रस्तुत गरिने उल्लेख गरिएको छ।

यदि रोस योङ्गका उक्त विवरणहरु सत्य भएको खण्डमा एप्पलले आईफोन लाइनअपको लागि यति ठूलो डिस्प्ले साइज अपनाएको यो पहिलो पटक हुनेछ। साथै स्मार्टफोनको डिस्प्ले साइज लगभग हरेक नयाँ पुनरावृत्तिसँगै बढ्दै जाने प्रवृत्ति पनि अहिले रहेको छ।

त्यसैगरी आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्सको साथै कम्पनीले लाइनअपमा अर्को हाई–इन्ड मोडल पनि लन्च गर्ने अफवाहहरू रहेको उल्लेख गरिएको छ। उक्त हाई–इन्ड मोडललाई एप्पल आईफोन १६ अल्ट्रा भनेर डब गरिएको बताइएको छ। साथै उक्त अल्ट्रा मोडलमा अतिरिक्त क्यामेरा सुधार, ठूलो डिस्प्ले र थप फिचरहरू सहित टप–अफ–द–लाइन प्रदान गर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया