वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

परिवारै राजनीतिक अपराधमा – लोकेश ढकाल

जनताका प्रतिनिधि भनिएका सांसदहरूले पसल नै बन्द गरेर भाग्नुपर्ने अवस्था आएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नक्कली भुटानी शरणार्थी प्रकरण गलतमात्र होइन ठूलो अपराध हो। यो राजनीतिमा देखिएको अपराधीकरणको एउटा परिणाम पनि हो। यास प्रकरणमा राज्य संयन्त्र नै लागेको देखिन्छ, किनकि यहाँ पूर्वगृहमन्त्री नै तानिसकेका छन्।

भारतमा मोदीको नेतृत्वमा सरकार भएको नौ वर्ष भयो। तर, त्यहाँ खै भ्रष्टाचार ? कुनै मन्त्री भ्रष्टाचारको मुद्दामा जेल गएका छन् त ? छैनन्। नेपालमा धेरै राजनीतिक नेतृत्व नै भ्रष्ट भएको प्रस्ट देखिन्छ। सबै भ्रष्ट भएपछि जन्माउने पनि भ्रष्टाचारलाई नै हो। मौलाउने पनि भ्रष्टाचार नै हो। यहाँ राजनीतिमा बिचौलियातन्त्र हाबी भएको छ। राजनीति व्यापारीकरण र व्यवसायीकरण भएको छ। नयाँ पुस्तामा यो रोग सर्दै गएको छ। पुरानो पुस्ताकै सिको उनीहरूले गरिरहेका छन्। सिकाइएको पनि यस्तै छ। अनि वडा, जिल्ला हुँदै देशका नेता भ्रष्टाचारमा नडुबेर कहाँ डुबुन् ?

प्रधानमन्त्री र मन्त्री नै विदेशमा पढेर आएको छोरालाई व्यापारमा लगाउँछन्। व्यापार पनि इमान्दार कर तिरेर गरे त हुन्थ्यो नि। तर, यहाँ राज्यको शक्तिको आड, प्रधानमन्त्री, मन्त्री र नेताको शक्तिको आडमा गराइन्छ। गाउँदेखि राष्ट्रिस्तरसम्म नेतामा परिवारवादको प्रवृत्ति बढेको छ। भ्रष्टाचार गर्न परिवार नै लागेका छन्। गाउँमा अध्यक्षका छोराको त्यस्तै दबदबा हुन्छ। जिल्लास्तरमा परिवारवाद त्यही हो। केन्द्रीय र राष्ट्रियस्तरमा पनि परिवारको दबदबा भयो। यसले गर्दा नेपालको राष्ट्रिय राजनीति संकटमा छ। मुलुकमा स्थायित्व छैन। जताततै विकृति, विसंगति झांगिएको छ। सुशासन छैन।

जनतामा राजनीतिक नेतृत्वप्रति चरम निराशा देखिन्छ। नेतृत्वप्रति वितृष्णा पैदा भएको छ। पछिल्लो चुनावी परिणामले त्यहीँ देखाएको छ। जनताका प्रतिनिधि भनिएका सांसदहरूले पसल नै बन्द गरेर भाग्नुपर्ने अवस्था आएको छ। यो सबै नेता इमान्दार नभएर हो। खराब प्रणाली र व्यवस्था भए पनि नेता इमान्दार भए परिणाम राम्रो आउँदो रहेछ। तर, व्यवस्था र प्रणाली जति राम्रो भए पनि नेता खराब भए भने परिणाम सकारात्मक आउँदैन। नेपालमा भएको यही हो। नेपालमा लोकतन्त्र छ नि। तर, लोकतन्त्र जति राम्रो भए पनि राजनीतिक नेतृत्व राम्रो भएन भने नतिजा यस्तै हुन्छ।

यो प्रवृत्ति नेपाली राजनीतिमा नयाँ भने होइन। पञ्चायतकालमा पनि भयो। बहुदलमा परिवारवादले छोडेन। राजनीतिक सिद्धान्त र पद्धतिमा भएन। २०६२/०६३ को जनआन्दोलनपछि नेतातन्त्र हाबी भयो। उपलब्धिको रक्षा गर्नुभन्दा आफू नै मोजमस्ती नेतृत्व लाग्यो। राजनीतिमा नेताका छोराछोरी, श्रीमतीसहित परिवारको रजगज हुन थाल्यो। उनीहरूमा जे पनि गर्दा हुन्छ भन्ने भयो। जसले गर्दा पछिल्लो समयमा राजनीतिक अपराधीकरणमा परिवारवाद चरम उत्कर्षमा पुगेको छ।

परिवारको वरिपरि राजनीति घुमिरहेको छ। राजनीतिक सैद्धान्तिक नभएर व्यापारीकरण भएको परिणाम हो यो। राजनीतिलाई ठीक दिशामा ल्याउन राजनीतिक नेतृत्व नै ठीक हुनुपर्छ। नेतृत्व ठीक भएमात्रै देश बन्छ। व्यवस्था ठीक भएर मात्रै केही नहुने रहेछ।  अहिले सार्वजनिक भएका घटनालाई टुंगोमा पुर्‍याउँन प्रहरीलाई दबाब दिनुपर्छ, प्रभावमा पार्नु हुँदैन। जुनै पार्टीका नेता, कार्यकर्ता वा परिवारका सदस्य परे पनि संरक्षरण गर्नुहुँदैन। अनि मात्रै देश भ्रष्टाचार मुक्त हुन्छ। अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट गर्ने तयारी
२०८१ वैशाख ७, शुक्रबार
आजको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख ७, शुक्रबार
पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख ७, शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने
२०८१ वैशाख ७, शुक्रबार
मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
२०८१ वैशाख ७, शुक्रबार
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
२०८१ वैशाख ७, शुक्रबार
दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
२०८१ वैशाख ६, बिहिबार