काठमाण्डाैंः पर्सा जिल्लाको बीरगन्जको प्रतिमा चौकमा फेला परेको बम सेनाले निश्कृय पारेको छ । पर्साको बिरगञ्ज महानगरपालिका -१५ प्रतिमा चौकस्थित नेपाल आयल निगमको गेट अगाडि राखिएको सिलिण्डर बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।
शनिवार साँझ शंकास्पद बस्तु राखेको स्थानिय बासिन्दाले प्रहरी हुँदै सेनालाइ खबर गरेपछी लगत्तै पुगेको सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर निश्कृय पारेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहले जानकारी दिए ।
बेलना आकारको सिलिन्डरमा तार निस्किएको अवस्थामा फेला पारेको शंकास्पद बस्तु डिस्पोज गर्दा उक्त शंकास्पद सिलिण्डर भित्र सेतो र खैरो खालको चिप्लो खालको पाउडर भेटिएको बताइएको छ।
उक्त बम कसले र किन राखेको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए । कोरोनाले त्रसित बनेको बीरगन्ज निषेधाज्ञा लागु भएको बेला एक्कासि बम फेला परेपछि स्थानिय थप त्रसित बनेका छन् । हरियाली नेपाल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया