असार ५, २०८३ शुक्रबार June 19, 2026

प्रधानन्यायाधीश नियुक्ति र भागबन्डा – श्याम मैनाली

सरकार र संसद्ले कुनै पनि वहानाबाजी नगरी संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया टुंगोमा पु¥याउनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रारम्भ
पञ्चायती समयमा निरपेक्ष राजा थिए, संविधानभन्दा माथि रहेका राजा’bout लोकतान्त्रिक समयमा आलोचना गर्नुको कुनै अर्थ रहँदैन । तर, लोकतान्त्रिक कालमै लोकतन्त्रका सर्वमान्य सिद्धान्तको उल्लंघनमा दलहरू अभ्यस्त बनेका छन् । स्वतन्त्र र निस्पक्ष रहनुपर्ने न्यायालयमा राजनीतिकरण गर्ने अस्वस्थ प्रतिस्पर्धा छ । राज्यका सबै अंगमा राजनीतिक दलका भ्रातृ संगठनसरहको व्यवहार राजनीतिक दलबाट भइराखेको छ । नेपालको लोकतन्त्रमा राज्यका तिनवटै अंगको प्रमुख एकै व्यक्ति बनेको भद्दा दृश्यसमेत देखियो । सर्वोच्चलगायतका अदालतमा न्यायका लागि पुगेका पीडितहरूको जम्काभेट न्यायमूर्तिको आवरणमा राजनीतिक दलका कार्यकर्ताहरूसँग हुन्छ ।

न्यायपालिकालाई आफ्नै इसारामा काम गराउने शासकहरूको शैलीले गर्दा न्यायपालिका राजनीतिक अखडा बनिराखेको छ । १५ महिनादेखि प्रधान न्यायाधीश पद रिक्त रहेको छ । हालै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । अब संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय समितिको गठनसम्म पनि भएको छैन । यो पद पूर्ति हुन अझै केही समय प्रतीक्षा गर्नुपर्ने अवस्था छ । यसबाट समग्र न्याय सम्पादन र न्यायाधीशहरूको मनोबलमा पार्ने प्रभाव’bout राजनीति गर्नेहरू बेखबर देखिएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ
न्यायपालिकालाई नियन्त्रणमा राख्ने र आफू र आफ्नालाई सुरक्षित बनाउने सोच पालैपालो सरकारमा पुग्नेहरूको रहेको छ । आफ्नो पक्षमा काम गर्ने न्यायपालिकाको नेतृत्वको खोजी भइराखेको हो । राजनीतिक दलका क्रियाशील सदस्य, दलसँग घनिष्ठ सम्बन्ध भएका नै प्रायः लामो अवधिसम्म प्रधानन्यायाधीश हुने अवस्था छ । यो स्थितिमा हुनेवाला प्रधानन्यायाधीशसँग दलहरूको सौदाबाजी हुने नै भयो । समझदारीमा पुग्न नसक्नुको परिणाम यो अवस्था आएको हो ।

अत्यधिक राजनीतीकरणका कारण राष्ट्रको सेवा गर्ने नभई न्यायमूर्तिहरू दलका नेतासँग सम्बन्ध प्रगाढ बनाउन तल्लीन छन् । ऊर्जामन्त्रीलाई न्यायपरिषद्को बैठकमा आमन्त्रण गरेर मध्यरातमा राजनीतिक दलको सिफारिसको आधारमा न्यायाधीश बनाउने कार्यसमेत यही देशमा भएको छ । न्यायाधीश पदको शपथ लिएपश्चात अमुक दलको मुख्यालयमा गई थप निर्देशन माग्न न्यायाधीश पुगेको लज्जास्पद दृश्यको अनुभवसमेत गरिएको छ । यस अवस्थामा दलबीच न्यायाधीश बनाउने र आफ्नै निर्देशनमा परिचालित गर्ने दलगत स्वार्थका कारण राजनीति गर्नेहरूले लोकतान्त्रिक मूल्य र मान्यताको विस्मरण गर्न पुगेका हुन् । प्रधानन्यायाधीश नियुक्ति गर्नुपूर्व आगामी दिनमा अदालतबाट हुने निर्णय आफ्ना स्वार्थ अनुकूल हुनुपर्ने अभिष्ट पालेकै कारण यो ढिलासुस्ती भएको हो । राजनीति गर्नेहरूले न्यायपालिकालाई आफ्नै मातहतको कार्यालयका रूपमा हेर्ने मनोविज्ञान भएकाले यस्तो परिस्थिति बनेको हो ।

संवैधानिक परिषद् संरचना नै अनुपयुक्त छ । परिषद्मा राजनीतिक दलहरूको र सरकारमा रहनेहरूको बाहुल्यता छ । वर्तमान अवस्थामा ६ जना सदस्यमध्ये चार जना ओलीजीका र एक जना उपसभामुख रविको दलका छन् । सरकारलाई रास्वपाले समर्थन फिर्ता लिएका कारण स्वभावतः ओलीसँगै उनीहरूको संलग्नता रहन्छ । परिषद्मा प्रधानमन्त्री एक जना सरकार पक्ष र अन्य पाँच जना विपक्षी दलसँग निकट रहेका छन् । विपक्षी दलको वाहुल्यता हुने भएकाले र हुनेवाला प्रधानन्यायाधीशको न्यायाधीश हुनुपूर्वको घनिष्ठता एमालेसँग हो । यस अवस्थामा प्रधानमन्त्रीको आशय र अभीष्ट पूरा गर्ने सर्तमा प्रधानन्यायाधीश सहमत नहुने अवस्था छ । यसरी स्वार्थअनुरूप परिचालन हुन नसक्ने प्रधानन्यायाधीश नियुक्त गर्ने जागर सरकारमा रहनेहरूमा नभएको हुन सक्छ ।

यस सम्बन्धमा एक वरिष्ठ अधिवक्ताको अभिव्यक्ति उल्लेख गर्नु सान्दर्भिक हुनेछ । के सर्वोच्च अदालतमा न्याय पाइन्छ ? न्याय सम्पादनको अवस्था कस्तो छ ? भन्ने यस स्तम्भकारको जिज्ञासा थियो । वरिष्ठ साहबले सटिक जवाफ दिनुभयो । बजारवाट न्यायमूूर्ति प्रभावित नभएका र राजनीतिक स्वार्थ नभएका मामिलामा न्याय मिल्छ तर सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्छ । यसबाट सम्मानित न्यायालयलाई हदैसम्मको राजनीतिकरण गरिएको आभाष मिल्छ ।

सरकारमा रहनेहरूले संसद्मा अल्प संख्यक अवस्थामा पर्ने स्थितिमा समेत सत्तामा रहिरहने मनोदशाका कारण संसद् नै विघटन गरिदिने सोच प्रायः सबैमा देखिन्छ । यस अवस्थामा सर्वोच्च अदालतले संविधानका प्रावधानहरूको पूर्वाग्रहरहित व्याख्या गरी दिँदा आफ्नो अभीष्ट पूरा हुन नसक्ने सोच उनीहरूमा छ । त्यही कारणले राजनीतिक मुद्दाहरूमा आआफ्नो पक्षमा निर्णय दिने प्रधानन्यायाधीश चाहिएको छ ।

सर्वोच्च अदालतको फैसला आएपछि पनि सरकारमा रहनेहरू सो निर्णयलाई निस्तेज गराउन तल्लिन छन् । आफ्ना दलसँग सम्बन्धित जघन्य अपराधीहरूलाई सरकारले माफी दिई छुटकारा दिने गरिन्छ । सरकार कुनै पारदर्शी आधारको अभावमा अदालतले गरेका निर्णयअनुसार दण्डित भएकालाई माफी दिन तल्लीन छ । हाल ज्यानमाराहरूलाई अदालतले कारबाही गरेकोमा र अदालतमा विचाराधीन रहेको मुद्दा आफ्नो विपक्षमा निर्णय आउने चिन्ता सबैमा छ । वर्तमान अवस्थामा ज्यानमारा सांसदद्वय कोइरी र आलम’boutमा क्रमशः नेका र एमालेका शीर्ष नेतृत्व चिन्तित छन् । प्रचण्ड र अग्नि सापकोटाको मुद्दा सर्वोच्च अदालतमै छ । सबै नेता अदालतसमक्ष उनीहरूको कर्तुत पेस भएमा बच्न सक्दैनन् । यस अवस्थामा न्यायपालिकाको नेतृत्वमा आफ्नो निर्देशनअनुसार अघि बढ्ने व्यक्तिलाई स्थापित गराउनैप¥यो । यही गलत प्रवृत्तिका कारण प्रधानन्यायाधीश नै सर्वोच्च अदालतले पाइराखेको छैन ।

आफ्नो पक्षमा काम गर्ने न्यायपालिकाको नेतृत्वको खोजी भइराखेको छ

कानुनका ज्ञाता विद्वान कहलिएका कानुन व्यवसायी संवैधानिक प्रावधानविपरीतको आन्दोलन गर्छन्् । नेपालको संविधानको धारा २८४ को उपधारा ३ मा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीहरूको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्छ । यो संवैधानिक व्यवस्थालाई आधार बनाएर कानुनी उपचारको बाटोमा नेपाल बार हिँड्न चाहँदैन । व्यक्ति प्रधानन्यायाधीश बनाउने, आफ्नो प्रभावमा नपर्ने प्रधानन्यायाधीशलाई हटाउने अभीष्टका साथ नेपाल बारको आन्दोलन केन्द्रित हुँदै आएको छ । न्यायाधीश आफ्नै प्रधानन्यायाधीशको बेन्च वहिष्कार गर्दा गौरवान्वित हुन्छन् । न्यायपालिकाको साख गिराउन प्रधानन्यायाधीश, न्यायाधीश, राजनीतिज्ञ र कानुन व्यवसायी लागिपरेका छन् । यस अवस्थामा न्यायपालिकालाई राजनीतिज्ञहरूले आफ्नो स्वार्थअनुसार परिचालन गराउन चाहँदा आश्चर्य मान्ने अवस्था छैन । आफू अनुकूलको न्यायाधीश र प्रधानन्यायाधीश नहुँदासम्म किन नियुक्ति गरिरहने ? सर्वोच्च अदालतमा हालको अवस्थामा ६ वटा न्यायाधीश रिक्त छन् । सर्वसाधारणको मुद्दा २० वर्षसम्म पनि किनारा लाग्न सकेको छैन । यसतर्फ जनप्रतिनिधिलाई कुनै चिन्ता छैन । न्यायपालिकाको व्यवस्था सरकारलाई सहयोग गर्ने उद्देश्यले गरिएको भ्रममा राजनीतिक दल रहेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश कामुबाटै चलाउने क्रम बढिराखेको छ । खिलराज प्रधान न्यायाधीश रहँदा त्यस सम्मानित पदबाट राजीनामा नगरी मन्त्रिपरिषद्को अध्यक्ष बनेकाले लामो समयसम्म सर्वोच्च अदालतको नेतृत्व मन्त्रिपरिषद्को अध्यक्षले नै लिए । कामु प्रधान न्यायाधीशको मात्र व्यवस्था गरियो । संसद् थिएन, राज्यका तीनवटै निकायहरूको नेतृत्व खिलराजले नै गरे । सर्वोच्च अदालतमा उनले नै शक्तिपृथकीकरणको आधारमा थुप्रै मुद्दाहरूमा निर्णय दिएका थिए । लोकतन्त्रमा राज्यका सबै निकायहरूको प्रमुख एकै व्यक्ति भएको अनौठो दृश्य नेपालमै देखियो । दामोदर शर्माले लामो समयसम्म कामु बन्न प¥यो, दीपकराज जोशी, दीपककुमार कार्कीले यही नियति भोगे, अब सम्भवतः यही नियति वर्तमान कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले भोग्ने सम्भावना देखिँदै छ ।

प्रधानमन्त्रीको कार्यालय कानुनी रिक्तता भएकाले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको बताइराखेको छ । सर्वोच्च अदालत मै स्वार्थवश विचित्रका घटना घटेका छन् । तत्कालीन न्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद्का सचिवले अवकाश दिए । यस प्रकरणमा दीपकराज जोशीको भूमिका देखियो । उनलाई पनि प्रधानन्यायाधीश हुन दिइएन । तीनवटै निकायको प्रमुख एकै व्यक्ति हुने बिन्दुबाट नेपालको न्यायपालिकाको साख हदैसम्म गिर्न प्रारम्भ भएको हो । अहिले निरीह संस्थाका रूपमा अस्तित्वमा रहेको छ ।

राजनीतिज्ञहरूमा सबै निकाय र पदाधिकारीहरूलाई आफ्नै नियन्त्रण र मातहतमा राख्ने मनोविज्ञान हामी छ । वर्तमान संविधानका केही प्रावधानहरूले न्यायपालिकालाई कमजोर बनाएको छ । एक व्यक्तिले सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीश हुँदा संसदीय सुनुवाइको सामना गर्नुपर्छ । न्यायाधीशलाई अध्ययन अनुसन्धान र छानबिन कार्यमा खटाउन सक्ने अधिकार सरकारलाई दिएको छ । सरकार र शक्तिशाली दलहरूसँग नजिक भएकाहरूलाई न्यायाधीशको जिम्मेवारी दिन अयोग्य भएको स्पस्ट हुँदा पनि न्यायाधीश बनाइएको छ । लोकसेवा आयोगले एकपटक जिल्ला न्यायाधीशहरूका लागि प्रतिस्पर्धात्मक परीक्षा लियो । प्रायः सबै कानुन व्यवसायी अनुत्तीर्ण भए । कानुन सेवाकाहरूले परीक्षामा अव्वल प्रमाणित गरी जिल्ला न्यायाधीश वने । असफल हुनेहरूलाई राजनीतिक दलहरूको सिफारिसमा न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश बनाइदियो ।

प्रतिस्पर्धामा सफल हुनेहरू निम्न तहमा र असफल हुनेहरू उच्च तहमा काम गर्नुपर्ने अवस्था छ । न्यायसेवाका क्याडरका न्यायाधीशहरूको वृत्ति शृंखला मुस्किलले उच्च अदालतसम्म सीमित भएको छ । अयोग्य र दलका कार्डहोल्डर सिधै सर्वोच्च र उच्च अदालतमा नियुक्ति दिने गरिएको छ । आफ्नो वृत्ति शृंखलामा अवरोध हुनेगरी प्रणाली र प्रक्रिया स्थापित गरिएको छ । यसबाट जिल्ला तहमा रहेका न्यायाधीशहरूको मनोबल कसरी उच्च हुन सक्छ ? मनोबल गिरेका र राजनीतिक दलका कार्यकर्ताहरूबाट न्यायको अपेक्षा नेपालीहरूले गर्नु परिराखेको छ । यस अवस्थामा हामी न्यायपालिकामा भ्रष्टाचार बढेको आलोचना गर्छांै । न्यायपालिकालाई आफ्नो इसाराअनुसार परिचालन गर्न नपाउँदा प्रधानन्यायाधीशविरुद्ध आधारबिना नै महाभियोगको प्रस्ताव पेस हुने गरेको छ ।

सरकार र संसद्ले कुनै पनि वहानाबाजी नगरी संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया टुंगोमा पु¥याउनुपर्छ

सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोगको प्रस्ताव दर्ता भयो । पारित हुन सक्ने अवस्था थिएन । चोलेद्र जबराको आदेशबाट उनी सर्वोच्च्च अदालत फर्किएकी थिइन् । पछि चोलेन्द्रविरुद्ध महाभियोगको प्रस्ताव दर्ज गरियो । लामो समयसम्म अनिर्णीत रूपमा रह्यो । उनलाई अवकाश दिइसकेपश्चात प्रस्ताव निष्क्रिय बनाइयो । यसरी महाभियोग लगाउँदा प्रस्ताव पेस हुनेबित्तिकै निलम्बित हुने हुँदा राजनीतिज्ञहरूले पारित हुन नसक्नेदेखि रहँदा पनि प्रस्ताव संसद्मा दर्ता गराउने गरेका छन् । यसवाट समग्र न्याय सेवा आतंकित बनी राजनीतिज्ञहरूसँगै भक्तिभाव देखाउन बाध्य बनेका छन् ।

निष्कर्ष
देशले दीर्घकालीन सोच भएको नेता पाएन । लोकतन्त्रको उपउत्पादनका रूपमा राजनीतिज्ञहरूको संख्या वृद्धि भयो । राजनेताको सधैं आभाव रह्यो । राजनीतिज्ञले निर्वाचनमा ठूलो धनराशि खर्च गर्छ । राजनीतिलाई व्यापार र लगानीका रूपमा लिन्छ । समग्र सुधारका सन्दर्भमा ध्यान जाँदैन । तर, राजनेताले भावी सन्तति’boutमा समग्र देश’boutमा सधैं चासो राख्छ । दल र परिवार वा समूहभन्दा माथि उठेर राष्ट्रको समुन्नति विषयमा कार्य गर्छ । नेपाल राजनीतिज्ञहरूबाट प्रताडित छ । न्यायसेवाको निष्पक्षता र स्वतन्त्रता’bout उनीहरूलाई चासो रहँदैन । न्यायपालिकाको सर्वोच्च नेतृत्व नै लामो समयसम्म रिक्त राख्दा न्यायपालिकाको स्वच्छता र निष्पक्षतामा प्रश्न उठ्छ । नागरिकका अधिकारहरूको संरक्षण हुन सक्दैन । जनताको न्यायहरण गर्ने काम सरकारबाट भइराखेको छ । यस सन्दर्भमा संसद् मौन रहन उचित ठान्छ ।

प्रधानन्यायाधीश नहुँदा न्यायपालिकाको बेथिति र अस्तव्यस्ता बढ्छ । सुधारका एजेन्डा अलपत्र पर्ने अवस्था हुन्छ । न्यायाधीशहरूको नियुक्ति र पदोन्नति प्रक्रिया रोकिन्छ । भ्रष्टाचार बढ्छ । न्यायिक प्रक्रिया ढिला हुन पुग्छ । प्रधानन्यायाधीश हुने क्रममा रहेकाहरूको मनोबलमा ह्रास आउँछ । संस्था अस्तव्यस्त हुन्छ । तसर्थ, नेपाल बारले राजनीतिक भ्रातृ संगठनको भूमिकाबाट अलग रही आफ्ना आन्दोलन’bout त्यसको उपादेयता प्रमाणित गर्न जवाफदेहिता वहन गर्न सक्नुपर्छ । बलियो नागरिक संगठनका रूपमा बारले भूमिका निर्वाह गर्नुपर्छ । सरकार र संसद्ले कुनै पनि वहानाबाजी नगरी संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया टुंगोमा पु¥याउनुपर्छ । सिफारिस भएर पनि समितिको अभावमा नियुक्ति रोकिने परिस्थिति बनेमा गलत सन्देश प्रवाह हुनेछ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार