बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढी, तीन हजार १६३ जना मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या चार हजार ९७० ले थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या एक लाख एक हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट भारतमा १३४ जनाको ज्यान गएको छ ।
योसँगै मृत्यु हुनेको कुल संख्या तीन हजार १६३ भएको छ । संक्रमित मध्ये ३९ हजार १७४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा ३५ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १२ सय ४९ रहेको छ । यस्तै तमिलनाडुमा ११ हजार ७६० र गुजरातमा ११ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया