भाद्र १, २०८३ सोमबार August 17, 2026

असार २६ देखी अब युट्युबमा ‘स्टोरी’ राख्न नपाइने

युट्युबको शर्ट्स र कम्युनिटी पोस्ट फिचरका लागि स्टोरी राख्न मिल्ने फिचर हटाइदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युट्युबले अब स्टोरी फिचर हटाउने भएको छ । अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा जस्तै युट्युबमा पनि निश्चित समयको लागि स्टोरी राख्न मिल्ने फिचर थियो । तर जुन २६ देखि लागू हुने गरी कम्पनीले यो फिचर हटाउने भएको छ ।

युट्युबको शर्ट्स र कम्युनिटी पोस्ट फिचरका लागि स्टोरी राख्न मिल्ने फिचर हटाउन लागेको कम्पनीको भनाइ छ । छोटो भिडिओ तथा साना पोस्टहरूको लागि शर्ट्स र कम्प्युनिटी पोस्ट उपयुक्त रहेको भन्दै कम्पनीले युट्युब स्टोरी फिचर हटाउन लागेको हो ।

अब युट्युबमा 'स्टोरी' राख्न नमिल्ने

साथै स्टोरीले भन्दा शर्ट्सले प्लेटफर्ममा धेरै ट्राफिक ल्याएको कारण पनि कम्पनीले यो फिचर हटाउन लागेको हो ।

कम्पनीले सन् २०१७ देखि यो फिचरको सुरुवात गरेको थियो । सुरुमा रिल्सको नाम दिएर सुरु गरेको यो फिचरको नाम पछि गएर स्टोरी राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया