कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

नेपाल–भारतबीचको समस्या समाधानका लागि नयाँ विकल्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प सुझाएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा सञ्चाकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विभिन्न विकल्प’बारे सोच्ने काम भइरहेको बताए ।

लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका सीमावर्ती क्षेत्रलाई लिएर नेपाल–भारतका बीचमा सीमा समस्या रहेको छ । नेपालले ती समस्याको दीर्घकालीन समाधान गर्दै बंगलादेशसँग सिधा सडक मार्ग व्यवस्थापन गर्न सकिने प्रचण्डको भनाइ छ ।

‘बंगलादेशसँग सिधा जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको आवाज पनि हो, हामीलाई चाहिएको कुरा पनि हो । आवश्यकता पनि हो, चाहना पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

तर, सीमा समस्या समाधानका लागि कुन क्षेत्र लिने र कुन क्षेत्रमा कति भूमि लिनेदिने भन्ने’बारे प्रचण्डले स्पष्ट गरेनन् । यद्यपि कतिपयले केही विवादित भूमि नेपालले छोड्ने र भारतले लिने उता बंगलादेशसम्म नेपाललाई भारतले सडक मार्गका लागि भूमि दिने लिने भन्ने बुझेका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रचण्डले नेपाललाई बंगलादेशसम्मको सिधा सडकसम्बन्धी कुनै व्यवस्थापन वा अन्य विकल्प प्रयोग गरेर सीमा विवाद समाधान गर्न सकिने बताएपछि त्यसलाई सोही रूपमा व्याख्या भइरहेको छ । नेपालको पूर्वी सीमाबाट बंलादेशसम्मको सीमा २७ देखि करिब ४० किलोमिटरसम्मको दूरीमा रहेको छ ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार
भोटेकोशी बाढी: डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दशैं
२०८३ कार्तिक १०, मंगलबार
आजको मुद्रा : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ, युरो १७० रुपैयाँ नाघ्यो
२०८३ कार्तिक १०, मंगलबार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्दै
२०८३ कार्तिक १०, मंगलबार
मिनी संसदमा विधेयकको चाप
२०८३ कार्तिक १०, मंगलबार