कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!

आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो रङ्गको लुगा लगाउदाँ धेरै राम्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः आज हामी बास्तु रंगका बारेमा कुरा गर्नेछौं। यी कुरालाई ध्यानमा राखेर बार अनुसारका रंग परिबर्तन गरेर  लुगा लगाउनुहाेस्, यसो गर्नाले तपाईको जीवनमा ठूलो परिवर्तन आउनेछ। लामो समयदेखि चलिरहेको समस्यालाई धेरै हदसम्म समाधान गर्न सकिन्छ।

वास्तु विज्ञ बिन्दु शाङ्गरीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रंगको पहिरन लगाउने ? भन्ने बारे जानकारी दिएकी छिन् । अब बिलम्ब नगरी उनकाे कुरा सुनाै‌ ।

पहिलो दिन अर्थात आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो, बिहीबार पहेँलो, शुक्रबार गुलाबी वा सेतो, शनिबार खैरो वा निलो पहिरन लगाउन विन्दुले सुझाव दिएकी छिन् । उनका अनुसार यी सबै रंगहरूले तपाईको जीवनमा रंग थप्न काम गर्नेछ।

यसले तपाईको जीवनमा सकारात्मकता, खुशी, शान्ति र समृद्धि ल्याउनेछ। यो ‘कलर थेरापी’ अपनाएर तपाईको मन पनि शान्त रहनेछ।

यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रंग लगाउनाले खुशी मिल्छ । यसले तपाईको मुडलाई सुधार्छ, तपाईले रातो रंगको थेरापीबाट मानसिक शान्ति पाउनुहुनेछ र यसले रक्त कोशिकाहरूमा पनि राम्रो प्रभाव पार्छ।

अर्कोतर्फ, पहेँलो रङ लगाउनाले तपाईको बुद्धिको विकास हुन्छ, तपाईलाइ चनाखाे बनाउँछ । नीलो रंगको पहिरनले मनमा हुने उथलपुथललाई शान्त गराउँछ। यो रंग धेरै चिसो मानिन्छ। सेतो रंग शान्तिको प्रतीक हो । गुलाबी रंगले आँखालाई शीतलता दिन्छ, यसले तपाईंको मनमा प्रेम र दयाको संचार प्रदान गर्दछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि भोलि नेपाल आउँदै
२०८३ कार्तिक १७, मंगलबार
आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक, सापकोटा प्रकरणले पाउन सक्छ प्राथमिकता
२०८३ कार्तिक १७, मंगलबार
सुनको मूल्य बढ्योः चाँदीको घट्यो
२०८३ कार्तिक १७, मंगलबार
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार
आजको मौसम : पश्चिमी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
२०८३ कार्तिक १७, मंगलबार
मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार