बुटवल । कपिलवस्तुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ का दुई बालकको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय करिम शेखका जुम्ल्याहा अढाई वर्षीय छोरा नतिस शेख र रेहान शेख रहेको प्रहरीले जनाएको छ ।
घरबाट करिब ७० मिटरको दूरीमा रहेको माछा पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको कपिलवस्तु नगरपालिका–११ का वडा अध्यक्ष रामगोपाल यादवले जानकारी दिएका छन ।
बिहीबार साँझ ५ बजे तिर घरबाट खेल्न निस्केका दाजुभाइ खेल्दाखेल्दै घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेका थिए । पोखरीमा डुबेर पानीमा तैरिएको अवस्थामा उनीहरुको शव देखेपछि छिमेकी बालबालिकाले परिवारलाई जानकारी गराएका थिए ।
मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया