असार २४, २०८२ मंगलबार July 8, 2025

सियान-काठमाडौंको कार्गो सेवा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त शाङसीको राजधानी सहरबाट नेपालका लागि सियानबाट कार्गो सेवा शुरु भएको छ । शुक्रबार सियानबाट पीभीसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरु बोकेको कार्गो सहितको रेल तिब्बत स्वायत्त प्रान्तको सिगात्से प्रस्थान गरेको हो ।

सिगात्सेबाट कार्गोका सामानहरु ट्रकमा हालेर काठमाडौं ल्याइने द चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडले बताएको छ । यो रेल शाङसीबाट नेपालमात्र नभई समग्र दक्षिण एसियाको लागि नै पहिलो सडक-रेल कार्गो ट्रान्सपोर्ट सेवा हो ।

यो रेल सेवा सञ्चालन र संयोजन द चाइना रेल-वे सियान ग्रुप कम्पनी लिमिटेड र चाइना रेल-वे कन्टेनर ट्रान्सपोर्ट कम्पनी लिमिटेडले संयुक्त रुपमा गरेका हुन् । यो कार्गो काठमाडौं आइपुग्न आठ दिन लाग्ने बताइएको छ । अहिलेपनि सिगात्सेसम्म नेपालका लागि चीनका अन्य केही प्रान्तबाट कार्गो आउने गरेको छ ।

नेपालका दुई महत्वपूर्ण नाका रसुवागढी र तातोपानी हुँदै कार्गोमा आएका सामान नेपाल भित्रनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार