वैशाख २२, २०८१ शनिबार May 4, 2024

छत्तिसगढमा धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा

छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ ।

प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौथो सन्तान आउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

हवल्दारले आफनी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए । परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ (१) को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो । यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

यसैगरी, थप अनुसन्धान गर्दा दुई जना हेड हवल्दारले पनि यो कानुन उल्लंघन गरेको पाइएपछि उनीहरुलाई पनि कारण देखाउ नोटिस जारी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार