भाद्र २, २०८३ मंगलबार August 18, 2026

रेड्मीको नयाँ स्मार्टफोन साढे १० हजार मूल्यमा पाइने

रेड्मी एटु र एटु प्लसको डिजाइन एकै खालको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा रेड्मीले दुई सस्ताे मोडेलका स्मार्टफोन भित्र्याएकाे छ । कम्पनीले सोमबार रेड्मी एटु (Redmi A2) र एटु प्लस (Redmi A2 Plus) सार्वजनिक गरेको हो । दुवै फाेनमा दुई वर्षकाे वारेन्टी सुविधा दिइएकाे छ ।

डिजाइनका सन्दर्भमा रेड्मी एटु र एटु प्लसमा केही भिन्नता छैन । स्टाइलिश फ्ल्याट फ्रेम डिजाइन भएका यी मोडेलमा ६.५२ इन्चको एचडी प्लस डट ड्रप डिस्प्ले राखिएको छ । त्यस्तै एन्ड्रोइड १३, मिडियाटेक हेलियो जी३६ अक्टाकोर प्रोसेसर र १ टीबीसम्मको एसडी कार्ड सपोर्ट गर्ने फिचर छ ।

क्यामेराका सन्दर्भमा यी मोडेलमा ८ मेगापिक्सेल एआई डुअल क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि ५ मेगापिक्सेलको क्यामेरा छ । यसबाट टाइमल्याप्स, शर्ट भिडिओ र पोट्रेट शट खिच्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

५००० एमएएएच क्षमताको ब्याट्री राखिएको यी मोडेलमा कम्पनीले १० वाटको चार्जर उपलब्ध गराएको छ । सुरक्षाका दृष्टिकोणले एटु प्लसमा फिङ्गरप्रिन्ट सेन्सर थप उपलब्ध गराएको छ । त्यसबाहेक अरू मोडेलमा पिन, प्याटर्न र पासवर्डको सुविधा छ ।

कम्पनीका अनुसार रेड्मी एटु २ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसको मूल्य १० हजार ४९९ राखिएको छ ।

त्यस्तै २ जीबी र्‍याम तथा ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ११ हजार ४९९ तोकिएको छ भने ३ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको एटु प्लसको मूल्य ११ हजार ९९९ रुपैयाँ राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार
१५ शय्याको गोकुलेश्वर अस्पतालमा जनशक्ति अभाव, प्रादेशिक अस्पताल बनाउने योजना अझै अधुरो
२०८३ भाद्र २, मंगलबार
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार