कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

‘गोर्खा वारियर’ हेर्न गोर्खालीले गरे बस रिजर्भ

नेपाली फिल्म ‘गोर्खा वारियर’ को वर्ल्डवाइड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गोर्खालीको वीरताको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘गोर्खा वारियर’ को वर्ल्डवाइड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुँदै छ । आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको प्रिमियरलाई लिएर बेलायतमा रहेका नेपाली उत्साहित छन् । त्यहिँ कारण प्रिमियरमा सहभागी हुन् बेलायतस्थित रेडिङमा रहेका नेपालीले बस नै रिजर्भ गरेका छन् ।

आफ्नो पुर्खाको गौरवतालाई प्रस्तुत गरिएको कथालाई पहिलोपटक पर्दामा हेर्न उत्साहित रेडिङमा रहेका नेपालीले दुईवटा बस रिजर्भ गरेर प्रिमियरमा सहभागी जनाउनेछन् । उनीहरूले सामाजिक सञ्जालमार्फत यसको जानकारीसमेत गराएका छन् । उक्त दुई बसमा १५० जनाले सहजै यात्रा गर्न सक्नेछन् । बेलायतमा पहिलोपटक हुँदै गरेको प्रिमियरलाई लिएर विभिन्न योजना बनिरहेको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।

‘बेलायतमा रहेका नेपालीहरूले आफ्नो अनुकुलता अनुसार फिल्म हेर्ने योजना बनाइरहनुभएको छ । बस नै रिजर्भ गरेर फिल्म हेर्न आउने संवत बेलायतमा पहिलो नै हो । उहाँहरू गोर्खालीको वीरतालाई सेलिब्रेट गर्न चाहनुहुन्छ’, निर्देशक चाम्सले भने । उनले अन्य क्षेत्रबाट समेत प्रिमियरमा सहभागी हुने सन्दर्भमा विभिन्न योजना बनेको जानकारी दिए । यस्तै, सोही प्रिमियरमा धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई समेत सहभागी हुँदैछन् ।

हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त हलमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको फिल्म प्रिमियर भइसकेको जानकारी दिए ।

निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारी दिए । युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार
दुग्ध विकास संस्थानमा १२ करोड १३ लाखको अनियमितता, आठ जना पक्राउ
२०८३ कार्तिक १३, शुक्रबार
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
२०८३ कार्तिक १३, शुक्रबार
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
२०८३ कार्तिक १३, शुक्रबार
हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी
२०८३ कार्तिक १३, शुक्रबार