वैशाख २५, २०८१ मंगलबार May 7, 2024

बिदेशी मोडेलका कारण टुटेको थियो सैफ अली र अमृताको सबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमृता सिंह र सैफ अली खानको सम्बन्ध सन् २००४ मा टुटेको थियो, जबकी सन् १९९१ मा दुवैले गोप्य विवाह गरेका थिए । यसरी दुवैको सम्बन्ध १४ वर्ष मात्र टिक्यो ।

तर, यति धेरै माया हुँदाहुँदै पनि के भयो कि दुईको सम्बन्ध नराम्रोसँग टुट्यो भन्ने अझै खुल्दुली मानिसहरुलाई लागिरहेको छ । जब तिनीहरूको सम्बन्ध विच्छेद भइरहेको थियो, तिनीहरूको मन एक अर्का प्रति घृणा र क्रोधले भरिएको थियो। उनीहरुको बीचमा आएकी एक मोडेलले उनीहरुको जिन्दगीको पुरै खेल बिगारेको बताउँदै आइएको छ, जो विदेशी मोडल रोजा थिइन् ।

भनिन्छ, छोरी सारा अली खानको जन्म पछि मात्रै सैफ र अमृताको सम्बन्धमा दरार आएको थियो तर कुनै न कुनै रूपमा दुवैले यो सम्बन्ध कायम नै राखिरहेका थिए तर जब छोरा इब्राहिम अली खानको जन्म भयो तब कुराहरु क्रमशः बिग्रँदै गयो । रिपोर्टका अनुसार त्यतिबेला सैफ अली खान विदेशी मोडल रोजासँग प्रेममा परेका थिए, बिस्तारै उनीहरुको नजिक हुन थालेका थिए । त्यसपछि मिडियामा पनि यसको खबर आयो र फिल्म म्यागजिनमा उनीहरुको अफेयरको चर्चा परिचर्चासमेत हुन थाल्यो ।

जब अमृतालाई यो कुरा थाहा पाइन, उनी निकै आक्रोशित भइन् । त्यतिबेला दुवैबीच ठुलै झगडासमेत भएको थियो । दुवैले केही समय दुःख पाए तर पछि एक अर्का प्रति रिसाएर अन्ततः सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगे । सन् २००४ मा अदालतले उनीहरुलाई कानुनी रुपमा नै अलग गरेको थियो । त्यतिबेला अमृताले पाँच करोड भारु पाएकी थिइन् ।

सम्बन्धविच्छेदपछि अमृताले सन्तानलाई एक्लै हुर्काएकी थिइन् भने सैफ रोजासँग लिभ इन रिलेशनशिपमा बस्न थालेका थिए तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । चाँडै यो पनि समाप्त भयो र केही वर्षपछि सैफको जीवनमा करीना कपुर आइन् । अहिले सैफ अली करिनासँग बिबाह गरेर बसेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया