वैशाख २५, २०८१ मंगलबार May 7, 2024

बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी, तस्विर देखेर फ्यानहरू हैरान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सलमान खानको फिल्म ‘बजरंगी भाईजान’को ‘मुन्नी’ याद छ ? जसलाई लिएर सलमान खान फिल्ममा पाकिस्तान जान्छन् । आफ्नो आकर्षक अभिनयले सबैको मन जित्ने को हो ?  हो, हामी हर्षाली मल्होत्राको कुरा गर्दैछौं। त्यतिबेला उनी पहिलो कक्षामा थिइन् । अहिले उनी हुर्किसकेकी छिन् ।

हालै हर्षाली मल्होत्रालाई कथक इन्स्टिच्युटबाट बाहिर निस्केको देखियो । उनलाई मुम्बईको खार क्षेत्रमा भेटिएको थियो । हर्षाली इन्स्टाग्राममा सक्रिय छिन् र उनको ठूलो फ्यान फलोइङ छ। हर्षाली सामाजिक सञ्जालमा निकै चर्चित छिन् । बजरंगी भाइजान फिल्म सन् २०१५ मा आएको थियो । उनको चरित्र ‘मुन्नी’ अहिले पनि फ्यानको मनमा जीवित छ । अभिनेत्रीले आफ्ना फ्यान र फलोअर्सलाई आफ्नो बारेमा अपडेट गर्नका लागि सामाजिक सञ्जालमा तस्विर र भिडियो शेयर गरिरहन्छिन् ।

 

हर्षालीको यो परिवर्तन देखेर सबै छक्क परेका छन् । यो भिडियो सामाजिक सञ्जालमा शेयर हुनासाथ फ्यानहरुले प्रतिक्रिया दिन थालेका छन् । एकजनाले लेखेका छन्, ‘कसरी समय बित्यो यार, छोराछोरी ठूला भए ।’ उनको तुलना अभिनेत्री दिशा परमारसँग पनि हुने गरेको छ । धेरै फ्यानहरूले उनको सुन्दरताको प्रशंसा गरे र रातो हृदयको इमोजी पनि साझा गरेका छन्

हर्षाली मल्होत्राले २०१५ मा कबिर खानद्वारा निर्देशित फिल्म बजरंगी भाइजानमा सलमान खान, करीना कपूर खान र नवाजुद्दीन सिद्दीकीसँग काम गरेकी थिइन्। यस फिल्ममा उनले पाकिस्तानी मुस्लिम बोल्न नसक्ने केटीको भूमिका निभाएकी छिन् । यो फिल्मबाट उनको निकै तारिफ भएको थियो । हर्षालीले २०२२ मा भारत रत्न डा. अम्बेडकर अवार्ड पनि जितेकी छिन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया