श्रावण १९, २०८३ मंगलबार August 4, 2026

दर्शक र स्रोताबीच लोकप्रिय बन्दै ‘कुन तार मिलेन’ {भिडियो}

रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख भ्यूज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शर्मिला फुयाल (सन्ध्या) र कर्णराज गिरीको स्वर रहेको ‘कुन तार मिलेन’ बोलको म्युजिक भिडियोले दर्शक र स्रोताको मन जितिरहेको छ ।

रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख पटकभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा  शर्मिला फुयाल (सन्ध्या)को शब्द/संगीत रहेको छ भने ध्वनि मिश्रण बाबुल गिरीको रहेको छ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ, उषा उप्रेति, कर्णराज गिरी र शर्मीला फुयाल (सन्ध्या) बीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मिलन विश्वकर्मको सम्पादन र प्रकाश खड्काको छायांकनमा भिडियो तयार पारिएको हो । भिडियो ‘ ओएसआर डिजिटल’ नामक युट्युव च्यानलमार्फत् सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया