भाद्र २, २०८३ मंगलबार August 18, 2026

ह्वाट्सएपको नयाँ फिचर सार्वजनिक : एकैपटक १५ जनालाई जोडेर भिडियो कल गर्न सकिने

भिडियो कल सुरु भैसकेपछि भने थप व्यक्तिहरुलाई पनि जोडेर ३२ जनासम्म पुर्‍याउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ह्वाट्सएपले आफ्नो प्लाटर्फममा नयाँ फिचर थप गरेको छ । जसअनुसार अब एकैपटकमा १५ जना व्यक्तिलाई जोडेर भिडियो सुरु कल गर्न सकिनेछ । भिडियो कल सुरु भैसकेपछि भने थप व्यक्तिहरुलाई पनि जोडेर ३२ जनासम्म पुर्‍याउन सकिनेछ ।

ह्वाट्सएपको यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सन 2.23.15.14, 2.23.15.10, 2.23.15.11 र  2.23.15.13 मा उपलब्ध रहेको बताइएको छ ।

यसअघि ह्वाट्सएपको ग्रुप भिडियो कल सुरु गर्दा केवल ७ जनासम्म मात्र जोड्न सकिन्थ्यो । जसलाई बढाएर १५ पुर्‍याइएको हो ।

यदि तपाईं पनि ह्वाट्सएपको यो नयाँ फिचर प्रयोग गर्न चाहनुहुन्छ भने स्मार्टफोनको गुगल प्ले स्टोरमा गएर ह्वाट्सएपको बिटा प्रोग्राममा जोडिन सक्नुहुन्छ । यसमा आबद्ध भएसँगै ह्वाट्सएपले परीक्षण गरिरहेका सबै नयाँ फिचर प्रयोग गर्न सकिन्छ ।

स्मरण रहोस् ह्वाट्सएपले हालै एक नयाँ अपडेट जारी गरेको छ जसमा प्रयोगकर्ताले आफ्नो स्मार्टवाचबाटै ह्वाट्सएपको कुनै पनि मेसेजको जवाफ दिन सक्दछन् ।

ह्वाट्सएपको मेसेजको जवाफ दिनका लागि स्मार्टफोन छुन पनि आवश्यक पर्दैन । ह्वाट्सएपले यसका लागि Wear OS को अपडेट केही दिन अघि मात्र बिटा प्रयोगकर्ताका लागि जारी गरेकोमा हाल सबैका लागि उपलब्ध गराएको हो । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार