काठमाडौंः प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दलहरु सहमत भएका छन् । सभामुख देवराज घिमिरेको आह्वानमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच मंगलबारका लागि बोलाइएको बैठक सञ्चालन गर्ने सहमति भएको हो ।
तर, एमालेले करिब क्विन्टल सुन तस्कारी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारले नमाने बैठक अवरुद्ध गर्ने तयारीमा छ । यसअघि बैठकमा एमालेले छानविन समिति गठनको माग गर्दै आफ्नो धारणा राख्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया