भाद्र १, २०८३ सोमबार August 17, 2026

सामसङ अफर सार्वजनिक : टिभीको खरिदमा ३ वर्षको पूर्ण वारेन्टी पक्का

अफर क्युएलईदि, फ्रेम, युएचदि, एफएचदि टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकहरूका लागि उत्कृष्ट गुणस्तरका उत्पादनहरू ल्याउने आफ्नो निरन्तर प्रयासद्वारा ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि कायम राखेको छ । यो वर्ष सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ। यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागु हुने भएको छ ।

सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले भने, “यस अफर मार्फत हाम्रा ग्राहकहरूलाई हामीले पूर्ण शन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा हामीलाई पनि ठुलो आनन्द मिलेको छ । यो ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त आश्वासन प्रदान गर्ने छ र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने आशा गर्दछौँ ।”

उक्त अफर क्युएलईदि, फ्रेम, युएचदि, एफएचदि टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुनेछ । यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि ३२” देखि ८५” का सामसङ टिभीको उपलब्ध रेन्जहरू अन्तर्गत खरिद गरिएका टिभीहरूका लागि मान्य हुनेछ र डिसेम्बर ३१, २०२३ मा सो अफर समाप्त हुनेछ ।

उक्त नयाँ वारेन्टी अफरमार्फत ग्राहकले बजारमा उपलब्ध गुणस्तरीय सामसङ टिभी सेटमा चिन्तामुक्त, गुणस्तरीय स्क्रिन टाइमको मजा लिन सक्नेछन् भनेर सामसङको विश्वास छ । उक्त अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ । यस ३ वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन। रिमोट कन्ट्रोलहरूमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडीमालिका पूजा आजदेखि प्रारम्भ
२०८३ भाद्र १, सोमबार
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १, सोमबार
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल
२०८३ भाद्र १, सोमबार
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ भाद्र १, सोमबार
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र १, सोमबार