भाद्र १, २०८३ सोमबार August 17, 2026

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त

सर्वोच्चद्धारा पत्रकार श्रेष्ठलाई जमानतमा थुनामुक्त गर्न आदेश दिएसँगै रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १ गते। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि उहाँ रिहा हुनुभएको छ। सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेले पत्रकार श्रेष्ठलाई जमानतमा थुनामुक्त गर्न आदेश जारी गरेको जानकारी दिनुभयो ।

जनआस्थाका प्रकाशक सम्पादक समेत रहनुभएका श्रेष्ठ साउन २७ गते पक्राउ पर्नुभएको थियो। उहाँको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बद्ध संघ संस्थाले दवावको कार्यक्रम गर्दैआएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया