भाद्र ६, २०८३ शनिबार August 22, 2026

एमालेको अवरोधपछि राष्ट्रिय सभामा बैठक स्थगित

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक साउन २२ गते सोमबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुन तस्करीको विषयलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभामा पनि अवरोध गरेको छ। एमालेको अवरोधपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रतिपक्षले ध्यानाकर्षण गराउँदासमेत सरकार गम्भीर नभएको आरोप लगाए। विमानस्थलबाट त्यत्ति ठूलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताउँदै उनले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए।

सरकार गम्भीर नहुँदा नयाँ तथ्यहरु बाहिर आइरहेको श्रेष्ठकाे भनाइ थियाे। यसअघि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गरेको थियो।

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक साउन २२ गते सोमबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार