काठमाण्डौः अरमान तामाङको र्याप गीत ‘भावना’ सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौँमा एक विशेष समारोहबीच विशिष्ट सङ्गीतकार शम्भुजीत बास्कोटाले गीत भिडियो सहित सार्वजनिक गरे । कार्यक्रममा बास्कोटाले सङ्गीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको भिडियो तथा गायन राम्रो रहेकाले यसले सकारात्मक सन्देश दिएको बताए ।
अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र सङ्गीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएकी छन् ।
दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ ।
कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलको प्रस्तुतिसमेत राखिएको थियो । सो अवसरमा भिडियोको टिमलाई प्रमुख अतिथिबाट मायाको चिनोसमेत प्रदान गरियो ।
भिडियो हेर्नुहोस्ः
https://youtu.be/L1ml2atooKY
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया