कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

अरमानको र्‍याप गीत ‘भावना’ सार्वजनिक (भिडियो)

समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौँमा एक विशेष समारोहबीच विशिष्ट सङ्गीतकार शम्भुजीत बास्कोटाले गीत भिडियो सहित सार्वजनिक गरे । कार्यक्रममा बास्कोटाले सङ्गीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको भिडियो तथा गायन राम्रो रहेकाले यसले सकारात्मक सन्देश दिएको बताए ।

अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र सङ्गीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएकी छन् ।

दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ ।

कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलको प्रस्तुतिसमेत राखिएको थियो । सो अवसरमा भिडियोको टिमलाई प्रमुख अतिथिबाट मायाको चिनोसमेत प्रदान गरियो ।

भिडियो हेर्नुहोस्ः

https://youtu.be/L1ml2atooKY

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार