असार २२, २०८२ आइतबार July 6, 2025

चीनले बनाइरहेको कोभिड–१९ विरुद्धको खोप यहि वर्षको अन्त्यसम्ममा तयार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चीनले बनाइरहेको कोरोना भाइरसविरुद्धको एक खोप यो वर्षको अन्त्यसम्ममा तयार हुन सक्ने चीन सरकारले बताएको छ ।

कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् । खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र प्रभावकारी विकल्पका रुपमा लिइएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ६० लाख ५७ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये तीन लाख ६९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

चीनका सरकारको सम्बन्ध पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको हो । बढीमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने जनाइएको छ ।

चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन ९एसएएसएसी० ले शुक्रबार सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको हो ।

वुहान इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूड अफ बायोलोजिकल प्रोडक्ट्स मिलेर खोप बनाइरहेका हुन् ।

अहिले सो खोपको दोस्रो चरणको परीक्षण भएको छ । त्यसका लागि दुई हजार भन्दा बढी मानिसलाई सो खोप दिइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार