काठमाडौंः चलचित्र ‘हामी तीन भाइ’को छायांकन सुरु भएको छ । मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्रको छायांकन सुरु भएको हो ।
शुक्रबार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झालगायत कलाकारको अभिनय रहनेछ । निर्देशक भट्टराई स्वयंले चलचित्रको कथा लेख्नुभएको छ । पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको हो ।
विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सहनिर्मातामा हुनुहुन्छ । चलचित्रको विशेष सहयोगीमा शम्भुकुमार केसी र मनोज श्रेष्ठ रहनुभएको छ ।
शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समीर मियाँ, बनिष शाहको सम्पादन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया